नेपालमा बिवाईडीको ‘एट्टो २’ सार्वजनिक
चिनियाँ इलेक्ट्रिक कार बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘एट्टो २’ नेपालमा सार्वजनिक गरेको छ। आजबाट सुरु भएको ‘नाडा अटो शो २०२५’मा कम्पनीले आधिकारिक रुपमा एट्टो २ लाई नेपाली बजारमा सार्वजनिक गरेको हो । एट्टो २ इलेक्ट्रिक एसयूभी बिवाईडीको थर्ड जेनेरेसन ३.० इलेक्ट्रिक कार प्लेटफर्ममा बनेको कार हो ।
