SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, नेपाल र खनाल

काठमाडौं : नेपालका चार पूर्व प्रधानमन्त्री एकै पटक एउटै मञ्चमा देखिएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल एकै पटक एउटै मञ्चमा देखिएका हुन्।