काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी, नष्ट गर्न निर्देशन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका तीन प्रकारका तरकारीमा सुरक्षित सीमाभन्दा बढी विषादी भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष परीक्षणको नतिजामा धादिङबाट ल्याइएको लौका, मकवानपुरबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा उच्च मात्रामा अर्गानोफस्फेट विषादी भेटिएको हो।
