SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

विश्वकप : अझ विस्तारित र विश्वव्यापी

काठमाडौं : ३२ वर्षपछि फेरि फिफा विश्वकप संयुक्त राज्य अमेरिका फर्किएको छ। अमेरिकाले सन् १९९४ मा पहिलोपटक विश्वकप आयोजना गरेको थियो। जतिबेला प्रतियोगिताले अमेरिकामा फुटबलको लोकप्रियता बढाउन र दर्शक उपस्थितिको नयाँ कीर्तिमान कायम गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।यसपालीको संस्करण आकार, खर्च र व्यावसायिकताको हिसाबले अझै विशाल बनेको छ। टिकट मूल्यदेखि प्रतियोगिताको आकार, रंगशालाको पूर्वाधार र खेलाडीको सुविधासम्म हेर्दा पछिल्ला तीन दशकमा विश्व फुटबल कति परिवर्तन भएको छ भन्ने स्पष्ट पार्दछ।