केप भर्डेको ऐतिहासिक उडान
एजेन्सी/टेक्सास : अफ्रिकाको सानो द्वीपीय राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलो सहभागितामै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै केप भर्डेले आफ्नो साहसिक प्रदर्शनबाट विश्वभरका फुटबल समर्थकको ध्यान नान्न पनि सफल भएको छ। समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि र अर्को खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेसँगै केप भर्डे समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो।
