गणतन्त्र र संघीयतामाथि प्रहार भए मुलुक द्वन्द्वमा जाने नेकपाको चेतावनी
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेकामा आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो दलका प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनमा प्रतिनिधिबीच छलफलै नभई पारित भएका केही दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको भन्दै आपत्ति जनाए ।
