SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रास्वपाको दस्तावेजमा लोकतन्त्रको आधार हल्लाउने गन्ध आइरहेको छ : सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका हुन् ।लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्रप्रति नेकपा गम्भीर र सचेत रहेको उनले बताए ।