सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे आज पनि विपक्षीले खोजे जवाफ
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे सदनमै पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटबाट उठेर विरोध जनाए।विरोधमा उत्रिएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्ना धारणा राख्न समय दिए।
