सेयर बजार दिनदिनै ओरालो यात्रामा
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको दोस्रो सातामा आइपुग्दा पनि रोकिएको छैन। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ५ दिनै घट्यो। अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७०२.११ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले घट्यो। त्यसदिन नेप्से १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झ¥यो। त्यसपछिका सबै दिन नेप्से घट्यो।
