धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन
धरान : धरानको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि सञ्चालनमा आएको छ। धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले शनिबार आयोजित एक कार्यक्रमबीच बसपार्कको उद्घाटन गरेका हुन्।संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब १ बिघा ७ कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो। कुल ३३ करोड ७० लाख ४७ हजार ३ सय ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो।
