अल्जेरियासँग बराबरी खेल्दै अस्ट्रिया समूह उपविजेता, अल्जेरिया उत्कृष्ट तेस्रो बन्दै नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले बराबरी खेलेका छन्। कान्सास स्टेडियममा भएको खेलमा अल्जेरिया र अस्ट्रियाले ३-३ बराबरी खेलेका हुन्। पहिलो हाफमा अस्ट्रियाले अल्जेरिया विरुद्ध १-१ को बराबरी खेलेको थियो। दोस्रो हाफमा दुवै टोलीले थप २/२ गोल गरे।अस्ट्रियाको लागि खेलको २८ औं मिनेटमा मार्को अर्नौटोभिकले गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा अल्जेरियाले गोल फर्कायो। अल्जेरियाको लागि रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
