SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

पाकिस्तानी सुरक्षा बलको क्याम्पमा हमला, चार रेञ्जरको मृत्यु, ६ आतंककारी मारिए

पाकिस्तान : पाकिस्तानको कराँची शहरस्थित सुरक्षा बलको क्याम्पमा भएको आतंककारी आक्रमणमा चार जना पाकिस्तानी रेञ्जरको मृत्यु भएको छ भने ६ जना आतंककारी मारिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा बलले एक जना आतंककारीलाई जीवितै पक्राउ गरेको छ ।शनिबार साँझ भएको उक्त आक्रमणको सुरुवात शक्तिशाली विस्फोटबाट भएको थियो । त्यसपछि लगातार गोली चलेको आवाज सुनिएको थियो । घटना लगत्तै पाकिस्तानी रेञ्जर र प्रहरीले घटनास्थललाई घेरा हाल्दै प्रतिकार सुरु गरेका थिए ।