SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

किम जोङ किन कहिल्यै आफ्नी आमाबारे बोल्दैनन् ? मृत्यु पनि राखियो गोप्य

उत्तर कोरिया : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग जोडिएका अनेक रहस्यमध्ये उनकी आमासम्बन्धी गोपनीयता सबैभन्दा रोचक मानिन्छ । सत्तामा आएको करिब १५ वर्ष बितिसक्दा पनि उनले सार्वजनिक रूपमा एक पटक पनि आफ्नी आमाको नाम लिएका छैनन् ।किम परिवारको शासनको वैधता तथाकथित ‘माउन्ट पेक्टु रक्तरेखा’ मा आधारित छ । यो वंशावलीलाई कोरियाली जनताको पौराणिक संस्थापकसँग जोडिएको पवित्र रक्तरेखा मानिन्छ ।