अमेरिका-इरान शान्ति सम्झौता संकटमा, दुवै देश फेरि आक्रमण-प्रत्याक्रमणमा उत्रिए
काठमाण्डु – अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिका दुबै फेरि आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन् । इरानको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडाहरुमा आक्रमण गरिएको जनाएको छ । आफ्नो देशको दक्षिणी तटमा भएको अमेरिको हवाई आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको इरानको दाबी छ । तर आक्रमण गरिएका स्थानबारे इरानले जानकारी दिएको छैन ।
