कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा, शीर्ष नेता सहकार्यको बाटोमा
काठमाडौं : ‘हामी जस्तोसुकै क्रमभंग गर्न तयार भएका मान्छे हौं, क्रमभंग गर्दै आएको हो,’ नेकपाका संयोजक पुष्पकमल दाहालले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा भने, ‘महाधिवेशनमा अर्को क्रमभंग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्। नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरिकन अगाडि आउनुस् र हेर्नुस् क्रमभंग कस्तो हुँदोरहेछ। दाहालको अन्तिम क्रमभंग हेरेर अगाडि बढ्नुस्।
