युद्धविराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने ट्रम्पको चेतावनी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै युद्धविरामको उल्लंघन जारी रहे 'इरानको अस्तित्व नै मेटिन सक्ने'बताएका छन्। अमेरिकी सेनाले इरानमाथि गरेको नयाँ आक्रमणपछि ट्रम्पले इरानको अस्तित्व नै मेटाउने धम्की दिएका हुन् । पनामाको झण्डा बोकेको एक तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेपछि अमेरिकी सेनाले इरानी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ।
