SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

समूह विजेता अर्जेन्टिना, अपराजित रहँदै नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा जोर्डनलाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको छ।‌ डालास स्टेडियममा भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने भएको हो।पहिलो हाफ २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल बेहोर्दै अर्को १ गोल थपेको हो। खेलको १९ औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका थिए।