SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडामाथि इरानको जवाफी हमला

काठमाडौं : इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकी हमलाको जवाफमा यो कदम चालेको दाबी गरेको छ।इरानको सरकारी सञ्चार माध्यम 'प्रेस टिभी'का अनुसार अमेरिकाले युद्धविराम उल्लंघन गरेको र अबका दिनमा सम्पूर्ण कूटनीतिक प्रक्रियाहरू पूर्ण रूपमा बन्द हुने चेतावनी समेत दिएको छ।कुवेतको सेनाले आइतबार बिहानै आफ्नो वायु रक्षा प्रणालीले सम्भावित आक्रमणहरूलाई बीचमै रोकिरहेको जनाएको छ।