SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, १२ वटा कार्यसूची तय

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ । बैठकको सुरुआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा सुनाइनेछ ।