गण्डकी प्रदेशका पशुमा पूर्ण खोप अभियान
गण्डकी । पशुचौपायामा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन भइरहेको हो ।
