SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

पाँच करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै

मान्म । कालीकोटको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै(७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो । लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ ।