SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

उज्वेकिस्तानलाई पराजित गर्दै डिआर कंगो ५२ वर्षपछि नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को अन्तिम खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै डिआर कंगो नकआउट चरणमा प्रवेश गरेको छ। कंगो ५२ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो। समूह के को उत्कृष्ट तेस्रो भन्दै डीआर कंगो नकआउटमा प्रवेश गरेको हो।खेलको पहिलो हाफमा उज्वेकिस्तानले १-०को अग्रता बनाएको थियो। दोस्रो हाफमा डीआर कंगोले पुनरागमन गर्‍यो। खेलको १० औं मिनेटमा उज्वेकिस्तानका एल्डोर सोमुरोडोभ बोल गर्दै अग्रता बनाएका थिए। पहिलो हाफमा यही गोलको आधारमा उज्वेकिस्तानले अग्रता बनायो।