SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिनाको २-० गोलले अग्रता

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जेको खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध पहिलो हाफमा २-० को अग्रता बनाएको छ।डालास स्टेडियममा भएको खेलमा पहिलो हाफमा अर्जेन्टिनाले दुई गोल गरेको हो। खेलको १९औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका हुन्। २८औं मिनेटमा पेनाल्टी बक्समा अर्जेन्टिनाका खेलाडीमाथि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो।