रवि लामिछानेलाई छिराइयो नख्खु कारागार
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाण्डु ल्याएर नख्खु कारागार छिराइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नख्खु कारागार लगिएको हो । शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नख्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाण्डु ल्याइएको हो ।
