उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी
फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २-१ ले पराजित गरेको हो । ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे ।
