गोलरहित बराबरी खेलेपछि कोलम्बिया समूह विजेता, पोर्चुगल बन्यो उपविजेता
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। मीयामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।खेलको पहिलो हाफमा कोलम्बिया पोर्चुगलमाथि हाबी रह्यो तर गोल भने गर्न सकेन। पहिलो हाफको हाइड्रेसन ब्रेकपछि पोर्चुगलले केही लय समाएको थियो। केही प्रयासहरु पनि देखियो, तर सफल भने हुन सकेन। खेलको दोस्रो हाफमा पोर्चुगल सुरुवाती समयदेखि नै आक्रमक देखिन्थ्यो। सुरुवाति १० मिनेट पोर्चुगल निकै आक्रमक रह्यो।
