SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् ।