SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

विकट बस्तीमा निःशुल्क आँखा शिविर

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिए । उनका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो ।