माओवादी बिग्रियो, युवालाई विदेशमा पठायौं भनेर गर्व गरेको देख्दा कम्पुरो तातेर आउँछ : विप्लव
सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनलाई बचाउने गरी पार्टी एकता गर्न तयार रहेको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले नेकपाले १० महिनाअघि नै एकता गर्ने निर्णय गरे पनि माओवादी अल्मलिएको बताए ।
