SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०१:१२ AM · 1 मिनेट पढाइ

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ। प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।