रास्वपाको अभिभारा
न विचार, न सिद्धान्त, न दृष्टिकोण न त दर्शन नै। तर स्थापना भएको चार महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१ सिटसहित संसद् प्रवेश गर्यो तीन वर्षमै भन्डै दुईतिहाइसहित प्रतिनिधिसहित सत्तासीन छ। चितवनमा असार ७ देखि १२ सम्म भएको पहिलो महाधिवेशन पार्टीले आफूलाई राजनीतिक दलका रूपमा संस्थागत गर्ने मौका बनाएको छ। नीति, सिद्धान्त, दर्शनको अन्योल कायम राख्दाराख्दै कम्तीमा उसले आफूलाई विचारविहीनको आरोप खण्डन गर्यो र भन्यो सामाजिक लोकतन्त्र। त्यसका आधार पनि बतायो।
