SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

सगरमाथा क्षेत्रमा ९० हजार केजी फोहोर

काठमाडौं : विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकैदिन २ सय ७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् २०१९ को मे महिनामा पनि एकैदिन नेपालतर्फबाट २ सय २३ र तिब्बततर्फबाट १ सय १३ जनाले सगरमाथा चढेका थिए। एकैदिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्।