समूह एल बाट इङ्ल्यान्ड समूह विजेता, क्रोएसिया उपविजेता
काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेल सकिएको छ। समूह एल बाट इङ्ल्यान्ड विजेता र क्रोएसिया उपविजेताको रुपमा नकआउट खेल्नेछन्। उत्कृष्ट तेस्रो भित्र पर्दै क्रोएसियासँग पराजित भएको घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई २–० ले पराजित गरेको हो। इङ्ल्यान्डको लागि जुड बेलिङघम र ह्यारी केनले गोल गरे। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
