SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

डोटीमा होटेलको कोठामा कञ्चनपुरका युवक मृत फेला

डोटी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा डोटीमा मृत अवस्थामा फेला परेका छन्। थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठा नम्बर २०४ मा शनिबार बिहान मृत भेटिएको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार थापा सुतेकै अवस्थामा मृत फेला परेका हुन्।