SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

देशका विभिन्न प्रदेशमा ३ दिन भारी वर्षा हुने, केही ठाउँमा हावाहुरीको पनि सम्भावना

काठमाडौं : आउँदो सोमबार रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारभन्दा आइतबार पानी पर्ने गतिविधिहरू बढ्न सक्ने देखिएको छ। सोमबार पानी पर्ने क्रम झनै बढ्न सक्ने सम्भावना छ।  सोमबार राति कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।