SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ ।