SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

साउदीमा नेपाली दूतावासले गर्यो नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

साउदी अरब : साउदी अरबस्थित नेपाली दूतावासको आयोजना तथा नेपाल एयरलाइन्सको सहकार्यमा अलखोवरमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप सशक्त रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा साउदी अरबमा रहेका नेपाली समुदाय, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा नेपालप्रति चासो राख्ने विदेशी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।