SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

अर्घाको प्रचारप्रसारका लागि सुरपाटामा पारित गरियो सन्धिखर्कको नीति–कार्यक्रम र बजेट

अर्घाखाँची : पर्यटकीय तथा धार्मिक सम्पदाको प्रवर्द्धनलाई नयाँ ढंगबाट अघि बढाउँदै सन्धिखर्क नगरपालिकाले नगरसभा पर्यटकीयस्थल मसुरपाटामा सम्पन्न  गरेको छ। सन्धिखर्क नगरपालिका–९ स्थित मसुरपाटामा सम्पन्न नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक पारित गर्दै महत्त्वपूर्ण निर्णयहरू गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताएका छन्।