SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुईरदुई, सुनसरी र काठमाडौँबाट एकरएक जना पक्राउ परेका छन् ।