खाँडादेवी गाउँपालिकामा कर्मचारीमाथि हातपात, कामकाज ठप्प
रामेछाप : प्राविधिक कर्मचारीमाथि कार्यालय परिसरमै हातपात भएको घटनापछि रामेछापको खाँडादेवी गाउँपालिकामा दैनिक प्रशासनिक तथा प्राविधिक कामकाज ठप्प भएको छ। सुरक्षाको प्रत्याभूति र दोषीमाथि कानुनी कारबाही नभएसम्म काममा नफर्कने अडानसहित कर्मचारीहरूले आन्दोलन जारी राखेका छन्।बिहीबार मध्यान्हदेखि कर्मचारीहरूले सम्पूर्ण सेवा बन्द गरेपछि गाउँपालिकाबाट प्रवाह हुने दैनिक सेवा प्रभावित बनेको छ। सेवाग्राहीहरू विभिन्न कामका लागि कार्यालय पुग्दा सेवा नपाएको गुनासो गरेका छन्।
