प्रेमीको हत्या आरोपमा ‘टिकटक इन्फ्लुएन्सर’ पक्राउ, भनिन्, ‘मेरो ज्यान जोखिममा थियो’
दुबई : दुबईमा एक २३ वर्षीया बेलायती टिकटक इन्फ्लुएन्सरमाथि आफ्नै प्रेमीको हत्या गरेको आरोप लागेको छ । बेलायतको केन्टस्थित ग्रेभसेन्डकी ब्रुक जर्जमाथि आफ्ना प्रेमीलाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लगाइएको हो । दुवैको भेट अनलाइनमार्फत भएको थियो र त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । यो जानकारी ‘डिटेन्ड इन दुबई’ नामक संस्थाले दिएको हो ।संस्थाका अनुसार ब्रुकले आफूले प्रेमीको हिंसात्मक आक्रमणबाट जोगिन आत्मरक्षाका लागि चक्कु उठाएको बताएकी छन् ।
