रास्वपा महाधिवेशन- महामन्त्रीका लागि १० जनाबीच प्रतिस्पर्धा
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार उपसभापति, महामन्त्री र सह-महामन्त्रीसहित ६ पदका लागि निर्वाचन हुनेछ। जसमा महामन्त्रीका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
