SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

रास्वपाको ५ पदाधिकारीका लागि २८ जना चुनावी मैदानमा, राजुनाथ पाण्डेदेखि रिमा विश्वकर्मासम्म भिड्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको छ । उपसभापति, महामन्त्री र सह–महामन्त्रीका विभिन्न क्लस्टरको उम्मेदवारको सूची सार्वजनिक गरिएको हो ।  जसअनुसार उपसभापति (महिला) मा दुई जनाको उम्मेदवारी परेको छ ।