साँझ ५ देखि बिहान ५ बजेसम्म बिपी राजमार्ग बन्द
काठमाण्डु– वर्षातका कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार हाल देशभर मनसुन सक्रिय रहेकाले बाढी, पहिरो जस्ता विपद्को सम्भावना उच्च रहेको छ ।
