कुवेतमा मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या १६ पुग्यो
काठमाण्डु– कुवेतमा प्रतिबन्धित मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । अझै केही उपचाररत छन् भने केहीलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ। शुक्रबार नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले मृत्यु हुने नेपालीको संख्या १६ पुगेको बताएको हो । मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको महासंघका अध्यक्ष एकराज मल्लले जानकारी दिए ।
