पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाण्डु– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै निगमले डिजेलरमट्टितेलको मूल्य घटाएको छ । डिजेलरमट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।
