कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याब सेन्टरमा १० प्रतिशत सम्म छुट पाउने
काठमाण्डु– कुमारी बैंक र काठमाण्डुको टंगालस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी विशेष सम्झौता भएको छ । बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ ।
