SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन्।