SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेको भन्दै आक्रोशित

काठमाडौं । सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन । काठमाडौंको माइतीघर मण्डलामा बिहीबार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् ।