रास्वपा नेता विपिन आचार्यले महाधिवेशनमा भएको ढिलाइप्रति मागे माफी
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि पार्टीका नेता विपिन आचार्यले प्रतिनिधिहरूसँग माफी मागेका छन् । निवर्तमान सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवार आचार्यले महाधिवेशनको व्यवस्थापन र निर्वाचन प्रक्रियामा ढिलाइ हुँदा प्रतिनिधिहरूलाई अनावश्यक रूपमा चितवनमा बस्नुपरेको भन्दै दुःख व्यक्त गरेका हुन् ।
